संयुक्त राष्ट्र संघका अध्यक्ष र चिनियाँ विदेशमन्त्रीसँग भेट

संयुक्त राष्ट्र संघका अध्यक्ष डेनिस फ्रान्सिस र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भेटवार्ता भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका सदस्य वाङले संयुक्त राष्ट्रसंघको बडापत्र र बहुपक्षीयताप्रति चीनको समर्थन रहेको बताए। उहाँले विश्व शासनमा संयुक्त राष्ट्र संघको निर्णायक भूमिका र संयुक्त राष्ट्र संघको बडापत्र पालना गर्दै संयुक्त राष्ट्र संघको महासभामा सक्रिय सहभागितामा चीनको समर्पणलाई जोड दिनुभयो। साथै वाङले एक चीन नीतिलाई समर्थन गरेकोमा संयुक्त राष्ट्र संघको प्रस्ताव २७५८ को प्रशंसा गरे। फ्रान्सिसले शान्ति कायम राख्न चीनको प्रयासलाई स्वीकार गर्दै विश्वव्यापी समस्याहरू समाधान गर्न बेइजिङसँग अझ नजिकबाट काम गर्न इच्छुक रहेको बताए।