पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पक्राउ

पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई आज शुक्रबार साँझ राजधानीको टोखाबाट पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई नियन्त्रणमा लिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ । दिपेश सुन तस्करी प्रकरण र सहकारी ठगी प्रकरणमा मुछिएका थिए । उनलाई रूपन्देही लैजाँदै गरेको स्रोतले बतायो ।

पुनलाई प्रहरीले कुन मुद्दामा पक्रेको हो, खुलाएको छैन । ६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको थियो भने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि उनको नाम मुछिएको थियो ।