कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बिरुद्ध संकल्प प्रस्ताव पारित

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की बिरुद्ध प्रदेशको विशेष अधिवेशनबाट वैशाख २५ सम्म राजीनामा दिनुपर्ने या विश्वासको मत लिनुपर्ने ब्यहोरा सहितको संकल्प प्रस्ताव पारित भएको हो। प्रस्तावको पक्षमा ५२, विपक्षमा शून्य र तटस्थमा ३ मत परेको थियो। ध्वनी मतबाट भएको विभाजनमा एमाले, माओवादी र जसपाका सांसदहरूले संकल्प प्रस्तावको पक्षमा उभिएका थिए। कांग्रेसका सांसदहरू भने विपक्षमा नउठेपछि प्रस्तावको विपक्षमा मत परेन। राप्रपाका तीन जना सांसद भने तटस्थ बसेका हुन्। मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता गरेका दुई दलको कदमलाई चुनौती दिँदै मुख्यमन्त्रीले राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अडान नछाडेपछि एमाले र माओवादीले संकल्प प्रस्ताव पेश गरेका थिए।