पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिको अन्तर्वार्ता बैशाख दोस्रो हप्ता

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि बैशाख दोस्रो हप्ता उम्मेदवारहरूको अन्तर्वार्ता हुने भएको छ । उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बैशाख १२ र १३ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अन्तर्वार्ता हुने समयतालिका सार्वजनिक गरेको हो ।

उम्मेदवारहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण २७, २८ र २९ चैतमा मन्त्रालयमा भएको थियो । त्यसअघि सिफारिस समितिले १८ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको थियो । १८ फागुनबाट पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पद रिक्त छ ।