राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ । आज सोमबार पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शन देव भट्ट र पुरुषोत्तम प्रसाद ढकालले मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका हुन् ।
यसअघि अदालतले तादी गाउँपालिका–२ बाट पीडितले जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कली प्रति र जन्मदर्ताको प्रति झिकाउने आदेश गरेको थियो । पीडितको जन्ममिति विवाद छ । गौशाला–२६ को जन्म २०६२ जेठ १८ मा भएको भन्दै सो गाउँपालिकाले २०७९ असारमा प्रतिलिपी जारी गरेको थियो ।
जबरस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामिछाने पुनरावेदनका लागि उच्च अदालत गएका थिए ।

















