उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिका जाने भएका छन् । मन्त्री यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका हुन् । जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल (१६ वैशाख)मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको स्रोतले जनाएको छ ।
सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुनेछ । ३ मे सम्म कार्यक्रम नै छ । त्यसपछि मात्रै फर्किने कार्यतालिका रहेको छ । दोस्रो पटक स्वास्थ्य मन्त्रालय सम्हालेपछि मन्त्री यादवको यो पहिलो विदेश भ्रमण हो ।


















