नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका तीन जना एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यलयका अनुसार प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी वसन्त रजौरको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा सरुवा भएको छ ।

यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखका प्रमुख भूपेन्द्र खत्रीको प्रहरी प्रधान कार्यालयस्थित अपराध अनुसन्धान विभागमा सरुवा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी रानुराम भट्टराईको पनि सरुवा भएको छ ।

यसअघि अपराध अनुसन्धान कार्यालयमा सोमेन्द्र सिंह राठौर रहेको थिए । यस्तै, तालिम केन्द्र विराटनरगमा एसएसपी अभिनारायण काफ्लेको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।