आज सुनको मूल्य स्थिर

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २०० र तेजाबी सुन १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको १६ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।