वेस्टइन्डिज ए विरुद्ध कप्तान रोहितको अर्धशतक

वेस्टइन्डिज एसँगको चौथो टी-२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् । कप्तान पौडेलले ३४ बलमा २ छक्का र ६ चौका मद्दतमा ५० रन पूरा गरेका हुन् ।

यो शृङ्खलामा रोहितको यो अर्धशतकमाथिको लगातार तेस्रो स्कोर हो । उनले पहिलो खेलमा ११२ र दोस्रो खेलमा उनले ७१ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २१० रनको लक्ष्य दिएको छ ।नेपालले अहिले ४ विकेट गुमाएर खेलिरहेको छ ।