चार वटा संसदीय समितिको बैठक बस्दै

सङ्घीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। जस अनुसार आज महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम–ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने छ। त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ। यता विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ। अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१–०८२ का सम्बन्धमा पूर्व बजेट छलफल र विविध विषय रहेको छ।