राजस्वको महानिर्देशकको जिम्मेवारी चक्र बुढालाई

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मा चक्रबहादुर बुढालाई दिएका छन् । यसअघि पर्यटन विभागका महानिर्देशक बुढालाई प्रधानमन्त्री प्रचण्डले शुक्रबार विभागको महानिर्देशक बनाएका हुन् ।

यसअघिका राजश्वका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सरकारले ढुंगानालाई महावाणिज्य दूत बनाएर कोलकत्ता पठाउने तयारी गरेको छ । कलकत्ताको महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

गत असार २०८० मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधामनन्त्री प्रचण्डको निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए ।