समाचारको खण्डन
sann news .com मा मिति २०८१ साल वैशाख २१ का दिन सहकारी ठगिमा एमाले नेता शीर्षकमा प्रकाशित समाचार प्रति आपत्ति जनाउदै रुरल डेभलप्मेन्ट सेभिङ्ग बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष आङ बाबु राई, सचिव विनोदमणि राईको फोटो र समाचार हटाई खण्डन छाप्न भन्दै sann news .com ईमेल मार्फत खण्डन पठाएका छन । खण्डनमा .सहकारी संस्था नेपाल रुरल डेभलप्मेन्ट फाउन्डसन संस्था अन्तरगत सञ्चालन भएको हुँदा उक्त संस्थाको ठेगाना जहाँ राखिन्छ सहकारी संस्था पनि उहि सञ्चालन गर्नुपर्ने भएको हुँदा का.म.न.पा. १६ स्थित सोह्रखुट्टेमा सहकारी सञ्चालन भएको , अख्तियारमा नक्कली उजूरीकर्ता खडा गरी निवेदन दिएको, समाचारको सत्यता परिक्षण गर्नु र सन्तुलित समाचार दिनु पर्नेमा नदिएको, बैंक स्टेटमेन्ट माग नगरी वस्तुनिष्ठ प्रमाणको अभाव भएको समाचार प्रकाशन गरी संस्था र संस्थाको सञ्चालक सदस्यहरुको ईज्जत प्रतिष्ठामा नै आँच आउने गरी प्रकाशन गरिएको समाचार पूर्वाग्रही र भेदभावपूर्ण भएको उल्लेख छ । यसैगरी सहकारीले सर्वसाधारणबाट उठाएको रकमबाट काठमाडौं भिमढुङ्गामा १३ लाख रुपैंयाँमा १ रोपनी खरीद गरेको छ भनि समाचार सम्प्रेषित गरिएतापनि संस्थाको नाममा २७ आना जग्गा कोषाध्यक्ष अप्सरा श्रेष्ठ र सदस्य राधिका तामाङ्गको नाममा रहने तर संस्थाकै हुने गरी दर्ता गरिएको पनि खण्डनमा उल्लेख छ ।

















