बैतडीमा जिप दुर्घटनामा सात जना घाइते, चारको अवस्था गम्भीर

बैतडीमा जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् भने चार जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइतेलाई धनगढी रेफर गरिएको छ । आज बुधवार बिहान २:३० बजेको समयमा बैतडीको सुर्नया गाउँपालिका–३, सिदुनस्थित सतबाँज गोकुलेश्वर सडकखण्डमा धनगढीबाट बैतडी, तल्लादेहीतर्फ जाँदै गरेको सु.प.प्र.०२००१ ज ३८५ नं.को बोलेरो जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार जिप सडकबाट ६५ मिटर तल खसेको छ । दुर्घटनामा परि पुचौंडी नपा–९ तल्लादेहीका २७ वर्षीय दीपक पार्की, उनका छोरा वर्ष ८ का प्रदीप पार्की, वर्ष ४१ का धनजित पार्की, वर्ष १५ की रेखा पार्की, वर्ष २२ की कृष्णा पार्की, डिलासैनी गापा–४, तडिवडा बस्ने वर्ष ३३ का करवीर सार्की, बस्ने वर्ष ७४ की मनोरी सार्की रहेका छन् । घाइतेको उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको छ ।

गम्भीर घाइते दीपक पार्की, उनका ८ वर्षीय छोरा प्रदीप पार्की, पुरर्चौडीकै धनजित पार्की, उनकी छोरी १५ वर्षीय रेखा पार्कीलाई धनगढी रेफर गरिएको छ । घाइतेको उद्धारका लागि सतबाँझ प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दीर्घ बहादुर ऐरको कमान्डमा प्रहरी टोली खटिएको छ ।

दुर्घटनापछि फरार रहेका जिप चालक पुर्चौडी नगरपालिका–९ तल्लादेही बस्ने २३ वर्षीय सुरेन्द्र पुजाराको खोजी भईरहेको प्रहरीले जनाएको छ । जिप साहु पुर्चौडी नागरपालिका–९, तल्लादेही बस्ने नरेन्द्र बोहरा सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।