काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गएराति दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको उक्त रकमसहित उनीहरु पक्राउ परेका हुन् ।
यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी अनुसन्धान कार्यालयले जनाएको छ ।


















