काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । वडा नं ४ फेदी र जिरोकिलोको बिच भागमा पूर्णरुपमा जलेको अवस्थामा शुक्रबार एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।उनका अनुसार तारले रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन नसकेको उनले जानकारी दिए ।


















