राष्ट्रपतिद्वारा आर्थिक विज्ञ डा.नेपालको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले दिएको राजीनामा स्वीस्कृत गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार आज एक विज्ञप्ति जारी गरी डा.नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिज्यू समक्ष आर्थिक विज्ञ डा.चिरञ्जिवी नेपालले दिनुभएको राजिनामा सम्वत् २०८१ वैशाख ३० गते स्वीकृत गर्नु भएको छ । साथै, राष्ट्रपतिज्यूले डा.नेपालले आफ्नो पदमा रही पुर्याउनु भएको सेवाका लागि धन्यवादसमेत दिनुभएको छ ।’