नेपाली एक सयको नोटमा चुच्चे नक्सा राख्ने अहिले उपयुक्त समय होईन भन्ने राष्ट्रपतिका सल्लाहकार नेपालले दिए राजीनामा

काठमाडौं : नेपाली एक सयको नोटमा चुच्चे नक्सा राख्ने यो उपयुक्त समय होईन भनि संचार माध्यमा बोलेपछि बिवादमा आएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी राजीनामा दिएका छन् । आज आइतबार नेपालको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि यसको बारेमा यतिबेला बिशेष चर्चा छ । नेपालमा चर्चामात्र छ भने भारतीय मिडियाले यो कुरा निकै उठाई रहेका छन । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालले सयको नोटमा चुच्चे नक्सा राख्ने सन्दर्भमा कुटनीतिक तरिकाले प्रतिक्रिया दिदै उचित नभएको बताएका छन । भारतीय मिडियाले यो बिषयलाई जोडेर अहिलेको सरकार चिनको ईसारामा चल्ने गरेको आरोप लगाउने गरेका छन । कतिपयले त यसको असर सरकारको निरन्तरतामा समेत पर्न सक्ने बताएका छन ।
सयको नोटमा चुच्चे नक्सा राख्ने बिषयमा बैसाक २३ गते भारतीय संचारमाध्यलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले भनेका थिए । सरकारको निर्णय उपयुक्त समयमा आएन , भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो । उनको यो अभिब्यक्ति पछि उनलाई पदबाट राजीनामा दिन दबाब परेको थियो ।