मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र माओवादी केन्द्र बाहिरिँने बताएका छन। मुख्यमन्त्रीलाई राजीनामा दिएर उनीहरु बाहिरिने भएका हुन । दुवै पार्टीले प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिँदै छन। एमाले संसदीय दलका नेता सरोजकुमार यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पार्टीले समर्थन फिर्ता लिएको पत्र आइतबार नै बुझाउने तयारी समेत गरेका छन। जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नयाँ सरकार गठनका लागि दुवै दल सरकारबाट बाहिरिन लागेको हो। जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारमा एमालेबाट चारजना मन्त्री छन। यो सरकारलाई अगामी आर्थिक वर्षको बजेट ल्याउन नदिने रणनीतिका साथ आजै दुवै दलले समर्थन समेत फिर्ता लिएको एक सांसदले बताए। संवैधानिक व्यवस्थाअनुसार सत्तारूढ दल सरकारबाट बाहिरिएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। मुख्यमन्त्री यादव नेतृत्वको सरकार ढालेर नेकपा एमाले, माओवादी, अशोक राई नेतृत्वको जसपा र जनमत पार्टीको संयुक्त सरकार बनाउने तयारी छ। यसका लागि बिहीबार नै एमाले र माओवादी सरकारबाट बाहिरिने तयारीमा थियो।
















