जसपाको बैठक सोमबार बिहान बस्ने

मधेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का मन्त्रीहरूले पदबाट राजीनामा दिएक पछि भाबि रणनीति तयार गर्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठक बोलाएका छन्।यादबले सोमबार बिहान ११ बजेको लागि केन्द्रीय समिति बैठक बोलाएका हुन । महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिएका छन । मधेसमा जसपाका सरोज यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। अब संघीय सरकारमा पनि के गर्ने भन्नेबारे जसपा नेपालले केन्द्रीय समितिमै छलफल गर्न लागेको हो ।