जसपा नेपालको दुई दिने ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नवगठित जनता समाजवादी पार्टीका अध्यक्षसहित ३२ जनालाई साधारण सदस्यबाटै निष्कासन गर्ने निर्णय लिएको हो । यादवको अध्यक्षतामा बसेको बैठकले अशोक राईसहितका नेताहरू जनकपुरमा हुन लागेको महाधिवेशनबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ । महाधिवेशन भने‘तोकिएको मितिमा नै हुने भएको छ । जेठ २८ र २९ गते जनकपुरमै गर्ने निर्णय भइसकेको छ ।


















