मदन–जीवराज स्मृति दिवस आज

काठमाडौँ, ३ जेठ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३१ औँ स्मृति दिवस जनतालाई जागृत हुन उहाँहरूले गर्नुभएको योगदानको स्मरण गर्दै आज मनाइँदैछ । एमाले र नेकपा एकीकृत समाजवादी ले विविध कार्यक्रम आयोजना गर्दैछन् ।

विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जीप दुर्घटनामा परी उहाहरुको निधन भएको थियो । जननेता भण्डारीले एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शक सिद्धान्तलाई एमालेले पालना गर्दै आएको छ ।
–––