जापानमा अत्याधुनिक प्रविधि प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय कार्यक्रममा पहिलो पटक ‘उडान कार’ प्रदर्शन गरिएको हो । जापानको राजधानी टोकियो शहरमा रहेको टोकियो बिग साइट कन्भेन्सन सेन्टरबाहिर ‘उड्ने कार’ को प्रदर्शन गरिएको थियो ।
सेन्टरबाहिर पार्किङ स्थलमा कार जमिनबाट झन्डै १० मिटर टाढा पुगेको रहे । ट्राफिक जामको सामना गर्न र प्रकोपग्रस्त क्षेत्रमा यस्तो कार प्रभावकारी हुने विश्वास गरिएको छ । यूएस फर्म लिफ्ट एयरक्राफ्ट इंकद्वारा निर्मित हेक्साको ४ दशमलव ५ मिटर चौडा, २ दशमलव ६ मिटर अग्लो र झण्डै एक सय ९६ किलोग्राम तौल रहेको छ ।




















