काठमाडौं । तत्तकालिन सोभियत संघ र हालको रुसमा अध्ययन गरेर नेपाल फर्किएका पुर्व बिद्यार्थीहरुले खोलेको मित्रकुञ्जले आफ्नो ५७ औ स्थापना दिवस एवं छैठौ एसिया मिट बिभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । यहि सन्२०२४ मे १७ देखि १९ सम्म काठमाडौमा भएको उक्त International Conference को मुख्य बिषय “Innovation and Transformation in the Development Effort through Science, Technology & Governance” भन्ने रहेको थियो । कन्फरेन्स आयोजक कमिटीका सदश्य एवं मित्र कुञ्जका पुर्ब अध्यक्ष नहेन्द्र प्रधानका अनुसार सम्मेलनमा एसियाका चिन , भारत, बंगालादेश ,पाकिस्तान , मंगोलिया , नेपाल लगायत देशका प्रतिनिधि सहभागि हुनु भएको थियो । सम्मेलनमा मेडिकल , ईन्जिनियरिङ, गर्भनेन्स लगायतका बिषयमा छलफल भएको थियो । सम्म्ोलनको समापन १९ मे को साँझ गरिएको थियो । समापन सत्र संस्थापक अध्यक्ष निलाम्वर आचार्यको प्रमुख आतिथ्य र कुलमा घिसिङको बिशेष आतिथ्यमा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आर्चायले रुसमा पढेर आउने हजारौ प्राज्ञहरुले नेपाललाई शिक्षा र बिकासको क्षेत्रमा महत्वपुर्ण योगदान दिएको बताउनु भयो । उहाँले ५७ बर्ष अघि आफु अध्यक्ष भएर स्थापना गरेको मित्र कुञ्ज निरन्तर अघि बढेकोमा खुसी ब्यक्त गर्दै अगाडी बढाउन योगदान दिने पुर्ब बिद्यार्थी र सहयोग गर्ने रुस सरकार ,नेपाल स्थीत रसियन एम्बेसी ,कल्चर सेन्टर सबैलाई धन्यवाद दिनु भयो ।
कार्यक्रममा बिद्युत प्राधिकरणका सिईयो कुलमान घिसिङले सम्मेलनमा सहभागि एवं रसियन उद्यमीहरुलाई नेपालमा जलस्रोतको प्रचुर सम्भावना भएकोले जलस्रोतका क्षेत्रमा लगानी गर्न अनुरोध गर्नु भयो । उहाँले बिद्युत उत्पादन भएमा बजार प्रयाप्त भएको पनि बताउनु भयो । कार्यक्रम मित्रकुञ्जका अध्यक्ष महेश प्रसाद पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पुर्व अध्यक्ष ध्रुब महर्जजन , बर्तमान उपाध्यक्ष केशबराज बिष्ट ,महासचिब सुस्मा खत्री रन्जीत नतालिया ओली लगायतको सहभागिता थियो । समापन सत्रमा सन्जय श्रेष्ठको संयोजनमा सांस्कृतक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

















