सिरोहियालाई थप पाँच दिन हिरासतमा राख्न माग

प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति मागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार तेस्रो पटक थप पाँच दिन म्याद थप गर्न प्रस्ताव गरिएको हो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ । यसअघि उनलाई अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।