अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा कफी, चिया, अलैंची र हिमालय वाटरको ब्राण्डिङ गरिने बताएका छन् । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले स्वदेशी श्रम र कच्चा पदार्थ प्रयोग गरी कम तौल र उच्च मूल्य भएका वस्तु उत्पादन गरी निर्यात गरिने बताउँदै पहिलो चरणमा कफी, चिया, अलैंची र हिमालय वाटरको ब्राण्डिङ गरिने बताएका छन् । नेपाल व्यापार एकीकरण रणनीतिले पहिचान गरेका र हाल उच्च परिमाणमा निर्यात भइरहेका गलैंचा, कार्पेट, धागो लगायतका वस्तुको निर्यात अभिवृद्धि गरिने उनले बताएका छन् ।


















