अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा एक लाख युवाको रोजगारी सुनिश्चित गर्ने गरी राष्ट्र निर्माण युवा अभियान सञ्चालन हुने बताएका छन् । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्ने क्रममा यसको लागि तीन अर्ब बजेट समेत विनियोजन गरिएको बताए ।
विश्व विद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्य गरी कार्यक्रम अघि बढाइने उल्लेख छ । उद्योग व्यवसाय, कृषि, पशुपंक्षी तथा वन, होटल, पर्यटन, निर्माण क्षेत्रमा कार्यस्थलमा तालिम दिइने उल्लेख गरिएको छ। यो कार्यक्रमबाट कम्तीमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिने गरी तीन अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्रीले उल्लेख गरेका छन् ।


















