चितवनको एमाले अधिवेशनबाट पाठक अध्यक्षमा निर्वाचित

नेकपा एमाले पार्टीको ११औँ जिल्ला अधिवेशनबाट चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् ।  उनले ६०६ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी घनश्याम कँडेलले ९३ मत प्राप्त गरेका थिए । आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् ।

अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा ७ सय ६१ प्रतिनिधि सहभागी थिए । मतदानमा कुल ७ सय २९ मत खसेको थियो ।