राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा अर्याल नियुक्त

नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा जंगबहादुर अर्याल नियुक्त भएका छन् । अर्याल यस अघि कर्मचारी प्रशासन तथा जनशक्ति विकास महाशाखा प्रमुख थिए ।

बोर्डका सदस्य सचिव दुर्गा अर्याल अनिवार्य अवकासमा गएपछि अर्याल सदस्य सचिव भएका हुन् । यसैबीच पदभार ग्रहण गर्दै अर्यालले निर्धारित समयमा एसईई र कक्षा १२ को परिक्षा सञ्चालनदेखि बोर्डलाई समयानुकुल प्रविधिमैत्री बनाउन आफू लागिपर्ने बताएका छन् ।