चितवनमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु

चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो सुरु भएको भएको छ । एक्सपोको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गरिन् । नेपाल पोल्ट्री महासङ्घ र इन्डियन पोल्ट्री इक्युप्मेन्ट उत्पादक सङ्घको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो । एक्सपो ३ दिनसम्म चल्ने छ ।

कार्यक्रमलाई सम्बोधन गदै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमै अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गरिएको प्रष्ट पारिन् ।
भरतपुर भ्रमण वर्ष २०२४ र अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो आयोजना गर्नु उद्देश्य यहाँको आर्थिक गतिविधि चलयामान बनाउनु रहेको प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिकाले कृषिको आधुनिकीकरणका लागि अनुदानमा यन्त्र उपकरणको काम गर्दै आइरहेको र आगामी दिनमा पनि कृषि क्षेत्रलाई विषेश प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिने प्रमुख दाहालले बताइन् । एक्सपोमा कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउनेबारे जानकारी दिइने बताइएको छ ।