कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ (सिबी लामा)लाई आज प्रहरीले चितवनको भरतपुरबाट पक्राउ गरेको छ । उनी विरूद्ध प्रहरीमा एक अर्ब ५१ करोड रुपैयाँभन्दा बढी रकम ठगीको उजुरी परेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। काभ्रे घई भई ललितपुरको बालकुमारीस्थित वेष्टर्न अपार्टमेन्टमा बसोबास गर्ने ४९ वर्षीय तामाङ माथि दुई वटा सहकारीको रकम अपचलन गरेको आरोप छ।
कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभमा अध्यक्ष भएर उनले अर्बौं रकम अपचलन गरेको आरोप लागेको छ। उनीविरूद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।खोजी गर्नेक्रममा प्रहरीले उनलाई चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको एसएसपी सानुराम भट्टराईले बताए।


















