जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने

जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उक्त निर्णय गरेको हो ।
मधेशमा जनमको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ ।उनी सप्तरी क्षेत्र नं. २ (क)बाट प्रत्यक्ष निर्वाचित छन् ।