नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी)ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सेनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी)का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, ‘काठमाडौँबाट छ किलो सुनसहित सेनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ ।’ सिआइबीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको छ ।


















