लागु औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट १५ करोडको कोकिन बरामद गरेको छ । प्रहरीले साढे ४ किलो ५०४ ग्राम कोकिनसहित ४ जनालाई पक्राउ पनि गरेको छ ।
पक्राउ पर्नेमा तान्जानिया घर भएका ६८ वर्षीय डोनाल्ड ज्याक्सन माबुगा, बोलिभिया घर भएकी ३३ वर्षीया लाउरा क्रुज टिकोना, भेनेजुयलाका ३९ वर्षीय सिमोन एन्टोनियो अल्फोन्जो राडा र भारतीय नागरिक २७ वर्षीया लालरु उत्सङ्गी छन् । सो जानाकारी लागु औषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।


















