तपाई नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको नेता हुनु हुन्छ , एकीकृत समाजबादी पार्टी अहिले महाधिबेशनको तयारीमा जुटी रहेको छ , महाधिबेशनको तयारी कसरी भैरहेको छ ?
हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको यही असार १६ देखि २० गते सम्म काठमाडौमा महाधिबेशनमा हुदै छ । त्यसको निम्ती राजनीतिक दस्ताबेज तयार गर्ने , महाधिबेशन प्रतिनिधि चयन गर्ने , महाधिबेशनको ब्यवस्थापन चुस्त र आकर्षक बनाउनका लागि गर्नु पर्ने कामहरुको तयारी गरिरहेका छौं । पार्टी पंक्ति र युवाहर परिचालन गर्ने लगायतका काम गरिहेका छौं । यो महाधिबेशनले हाम्रा ऐजण्डा र मुद्धाहरु पारीत गर्ने छ त्यस पछि त्यसलाई आम जनताबिच लिएर जाने छौ ।
पार्टी अध्यक्ष माधब कुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल दुबै अध्यक्षपदको आकांक्षी हुनु हुन्छ भन्ने छ उहाँहरु बिच सहमति हुन्छ वा प्रतिस्पर्धा ?
कम्युनिष्ट पार्टीहरुमा मुख्य बिवाद हुने भनेको राजनीतिक दस्तावेजमा हो, महाधिबेशन प्रतिनिधि चयनमा हो , हाम्रो दस्ताबेज कम्युष्टि पार्टीकै ईतिहाँसमा सर्वसम्मत तरिकाले पारित भएको छ । त्यसैले अब बिवाद हुदैन । नेतृत्व पनि सर्बसम्म तरीकाले चयन हुन्छ । यो एकताको महाधिबेशन हो । त्यो शन्देश दिन पनि सबै पक्षलाई समेटेर सर्वसम्मत रुपमा नेतृत्व चयन हुन्छ ।
तपाई आफु पनि लामो समय देखि नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय रहदै अहिले नेकपा एकीकृत समाजबादीको पोलिटब्युरो सदश्य हुनु हुन्छ तपाई आफैले उम्मेदवारी दिनु हुन्छ कि दिनु हुन्न ?
मैले पार्टीको सचिबमा उम्मेदवारी दिने सोचेको छु । साथिहरुले पनि तपाईले सचिबमा उम्मेदवारी दिनु पर्दछ भन्ने सुझाब दिनु भएको छ । यद्यपी यसको अन्तिम टुङ्खो साथिहरु संगको थप सल्लाह , नेतृत्वबाट आउने सुझाब र निर्देशन पछि हुने छ ।
पार्टीको सचिव पदमा उम्मेदवारी दिने सोचाई बनाई तयारी गरेको बताउनु भयो तपाईका ऐजेण्डा के छन ?
अहिले देशमा भष्टाचार बढेको छ , देशमा उत्पादन नहुँदा बेरोजगारी बढेको छ । रोजगारी नहुदा युवाहरु बिदेशीनु परेको छ । हरेक दिन बिहान उठ्दा नकारात्मक समाचार सुन्नु परेको छ । यी नकारात्मक समाचार हटाई हरेक दिन बिहान समाचार सुन्दा देशमा यति उत्पादन बढ्यो, यतिले रोजगारी पाए भन्ने बाताबरण बनाउन लाग्नेछु । महिला , दलित , पछाडी परेको बर्ग र क्षेत्रलाई अगाडी बढाउने ,उनीहरुलाई अधिकार सम्मपन्न गराउने , युवा , किसानका समस्या समाधान गर्ने जस्ता बिषय मेरा ऐजेण्डा छन । हाम्रो पार्टीले राजनीतिक दस्ताबेजमा समाजबादी बाटोमा अगाडी बढ्ने निर्णय गरिसकेको छ । त्यसैलाई आधार मान्दै महिला , दलित , पछाडी परेको बर्ग र क्षेत्र, युवा , किसान , सुकुम्वासी सबैका समस्या समाधान गर्ने दस्ताबेजको ब्यबहारमा लागु गर्ने मेरा ऐजेण्डा हुन्छन । देशका तमाम समस्याको समाधान नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीले गर्दछ भनेर जनता र कार्यकर्तामा आशा र बिस्वास जगाउनु पर्ने छ ,मैले त्यहीकाम गर्दछु ।
अलिक फरक प्रसंग तर्फलागौ अहिलेको देशको राजनीतिलाई कसरी बिश्लेषण गर्नु हुन्छ ?
अहिले सबै जसो दल राष्ट्रका तमाम समस्या कसरी समाधान गर्ने महिला , दलित , पछाडी पारीएको बर्ग र क्षेत्र, युवा , किसानका , सुकुम्वासीका समस्या, बढ्दो भष्टाचार र बेरोजगारीका समस्या कसरी समाधान गर्ने भन्ने भन्दा पनि सत्तामा कसरी जाने भनेर बढी लागि रहेका छन । यो उचित होइन । सबैको ध्यान राष्ट्र बनाउने जनताका समस्या समाधान गर्ने तर्फ हुनु पर्दछ ,म सबैलाई यस तर्फ केन्द्रीत बनौ भन्न चाहान्छु ।
यहाँले सबैको ध्यान राष्ट्र बाउने जनताका समस्या समाधान गर्ने तर्फ भन्दा सत्तामा कसरी जाने भन्नेमा छ भन्नु भयो तर यो दोषबाट त यहाँको पार्टी पनि मुक्त छैन तपाईहरु सरकारमै हुनु हुन्छ र पार्टी अध्यक्ष माधब नेपालले त प्रम पाउने सर्तमा अहिलेको गठबन्धनलाई सहयोग गर्नु भयो भन्ने छ नि ?
पार्टी अध्यक्ष माधब नेपालले गठबन्धनका दल बिच आफ्नो कुरा राख्न नपाउने भन्ने हुदैन उहाँले आफ्नो पार्टीको कुरा राख्न पाउनु पर्दछ । सोही क्रममा बिभिन्न कुरा राख्नु भएको हो । अहिले हाम्रो पार्टीको नेतृत्वमा सरकार छैन । हामी सरकारमा सहभागि मात्र छौ । त्यसैले हामीले सोचे जस्तो काम गर्न पाएका छैनौ । राष्ट्रको आवश्यकता र दलहरु बिचको सहमति अनुरुप राष्ट्रका समस्या समाधान गर्न हाम्रो पार्टीले सरकारको नेतृत्व पाउनु पर्दछ भन्नु स्वभाबिक हो ।


















