नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीको गितार उपहार

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई तथा गितार उपहार दिएका छन् । उक्त अवसरमा प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे । साथै, उनले युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताए ।