नेकपा एकीकृत समाजवादी को दसौं राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने एकीकृत समाजवादीले जानकारी दिएको छ । पार्टी केन्द्रीय सचिवालय सदस्यहरूले नमूना मतदानसमेत गरेको एकीकृत समाजवादीले जानाएको छ । यसैबिच नेकपा एकीकृत समाजवादी को बन्द सत्र सञ्चालनका लागि सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ।त्यस्तै जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्सीय बहस नोट कमिटी गठन भएको एकीकृत समाजवादीले जानकारी दिएको छ।एकीकृत समाजवादीको महाधिवेशन आइतबारदेखि कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको हो। महाधिवेशन असार २० गतेसम्म चल्नेछ।


















