करिब २५ केजी गाँजा बरामद

धरान उपमहानगरपालिका-१७ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २५ किलो गए राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरीलाई देख्नासाथ एक जना पैदलयात्रीले ल्याउँदै गरेको जेब्रा झोला फाली फरार भएपश्चात झोला तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।