नेकपा(एकीकृत समाजवादी)को महाधिवेशनबाट माधब कुमार नेपाल सर्वसम्मत रुपमा अध्यक्ष चयन 

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)को बिहीबार काठमाडौमा सम्पन्ने दसौँ राष्ट्रिय महाधिवेशनले माधब कुमार नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । यस अघि २०७८ साल भदौ २ गते नेकपा एमालेबाट विद्रोह गरी नेपालकै नेतृत्वमा पार्टी स्थापना गरेका थिए । त्यसै गरि बन्दसत्रमा पेस भएका चारवटा दस्ताबेज पनि महाधिबेसनले अनुमोदन भएको छ । बुधबारबाटै अध्यक्षलगायत अन्य पदाधिकारीमा सर्वसम्मत चयन गर्ने प्रयास गरेका थिए । नेतृत्व छनोटका लागि बिहानैदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । तर अध्यक्षमा घनश्याम भुसालले दाबी नछोडेपछि निर्वाचनका सबै प्रक्रिया रोकेर शीर्ष नेताहरू छलफलमा जुटेका थिए । छलफल पछि भुसाल महासचिवमा बस्न राजी भए पछि अध्यक्षमा नेपाल सर्वसम्म चयन भएका हुन् ।