काठमाडौं । लमजुङमा जन्मेर काठमाडौंबाट नागरिकता बनाई हाल कोरियामा बस्दै आएकी संगिता गुरुङले दुई वटा नागरिकता बनाएर विभिन्न व्यक्तिलाई ठग्ने गरेको समाचार सानन्युजले यस अघिनै प्रकाशित गरेको थियो । संगिता गुरुङले नेपाली नागरिकता प्रयोग गरेर काठमाडौंमा घरजग्गा समेत किनेकी छिन् । उनले २०७९ फागुन २८ गते नेपाली नागरिकता प्रयोग गरि साविक विष्णु गाबिस हाल बुढानिलकण्ठ नगरपालिका ६ (क) को कित्ता नम्बर ६७०, १२८३, १५९५ नम्बरका तीन वटा कित्ताको कुल क्षेत्रफल साढे ५ आना र त्यसमा बनेको घरसमेत किनेकी छिन् ।

स्रोतका अनुसार उनले उक्त घरजग्गा किन्दा दुई करोड २६ लाखमा किन्ने वडा कार्यालयमा कागज गरेपनि मालपोत कार्यालय चावहिलमा जग्गा घर किन्ने समयमा १ करोड ६ लाखमा किनेको भनी राजस्वसमेत ठगि गरेको पाइएको छ । यो सम्बन्धमा सम्बन्धीत निकायले खोजी गर्नु पर्ने देखिन्छ । स्रोतका अनुसार उनले बिभिन्न ब्यक्तिलाई ठगि गरेको पैसाबाट आफन्तको नाममा समेत सम्पत्ति जोडेकि छिन ।


















