मधेशमा चालु आर्थिक वर्षमा ४४ प्रतिशत बजेट फ्रिज

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ४४ प्रतिशत बजेट फ्रिज भएको छ । मधेश सरकारले चालु आवका लागि ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन कूल बजेटको ५५.७५ प्रतिशत हो ।

मधेश सरकारले चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख विनियोजन गरेकोमा ९ अर्ब २९ करोड ७० लाख २ खर्च गरेको छ । पुँजीगत तर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्यांक छ । यसअघि आर्थिक वर्ष २०७९/८० मा ४२.५८ प्रतिशत बजेट फ्रिज भएको थियो ।आर्थिक वर्ष २०७८/७९ मा आधा बजेट फ्रिज भएको थियो । उक्त वर्ष ३४ अर्ब ८८ करोड ९८ लाखमध्ये १७ अर्ब ७६ करोड ३६ लाख बजेट मात्र खर्च भएको थियो ।