वर्षमा २४ एकादशी छन्, पुरुषोत्तम मास समेत गर्दा एकादशी २६ वटा छन् । कृष्ण र शुक्ल गरी दुई एकादशीको उही महत्व छ, चतुर्मासमा एकादशीको विशेष महत्व छ र असार शुक्ल देखि कार्तिक शुक्ल ४ महिना चतुर्मास हो । आषाढ शुक्ल हरिशयनी एकादशीदेखि आरम्भ भएको चतुर्मासको क्रम बिस्तारै वैेकुण्ठ चतुर्दशीदेखि सम्म गएर समापन हुन्छ । सुतल लोकमा बलिका ढोकामा आषाढमा शयन अर्थात् सुतेका श्रीविष्णु ब्यँुझेर बैकुण्ठतिर लाग्ने दिन चार महिनासम्म घर आँँगनीमा पूजा गरी सजाइएको तुलसीको बिहे स्वयं श्रीविष्णुसँग गराइने हाम्रो धार्मिक मान्यता रहेको छ । देशको राजधानी उपत्यकामा रहेका भक्तपुरको चाँगु नारायण, ललितपुरको विशंखु नारायण, काठमाडौँको फर्पिंगस्थित शेष नारायण अनि स्वयंभू पछाडिका इचँगु नारायणको दर्शन गर्न जाने भक्तहरुको भीड नै देखिन्छ । त्यस्तै शिर भाग भनिएको शिवपुरीको काखैमा रहेको बूढानीलकण्ठमा भक्तहरुको पाइला राख्ने ठाउँ हँुदैन । पूर्वीय धर्म दर्शनप्रति हुरुक्क हुने नेपालीहरुको अत्यन्तै यस्ता विभिन्न पवित्र क्षेत्रहरु विश्व सम्पदा सूचीमा समेत परेका छन् । अत्यन्तै ठूलोे पुण्य प्राप्त भई मानव मात्रले मानवीय सेवामा समर्पित हुन सिकाउने एकादशीको उदय र महत्व बारे शव्दले वर्णन गर्न कठिन छ ।
सृष्टिको उषाकालमा ब्रह्माजीको अंश, वंशमा तालजङ्ग असुरको उदय भयो । उसको पुत्र मुर दानवको उदयले संसारलाई भयभीत बनायो । देवताहरु राज्यच्यूत भए । शिव आज्ञाले श्रीविष्णुले मुर दानवलाई बध गर्ने आदेश दिँदा श्रीविष्णु नै युद्धक्षेत्रमा पराजित भई वदरीकाश्रमको सिँहावतीगुफामा सुत्नु पर्ने भयो । शयन गरिएका विष्णुका शरीरबाट सम्पूर्ण तेज सहितको एक कन्याको उदय भयो । ती कन्यासंग सम्पूर्ण शस्त्र अस्त्रदेखि युद्धकलाको सम्पूर्ण ज्ञान थियो । ती कन्या त्यही मुर दानवसंग युद्ध गर्न लागिन् । नृशंस र संहारकारी मुर दानव पराजित भयो तिनै कन्याबाट ! श्रीविष्णु पनि आपूm जागा भएर ती कन्यालाई वरदान माग भन्दा उनले आफ्नो नाम एकादशी रहनु पर्ने र तीर्थमा श्रेष्ठ, विध्ननाशक, सिद्धिदाता, धन, धर्म, मोक्षको कारक भई मानवलाई चाहे अनुसारको सिद्धि दिन सकूँ भन्ने वरदान मागेकीले “हुन्छ” भन्ने श्रीविष्णुको आदेश अनुसार सत्ययुगदेखिनै एकादशीको उदय र महत्व बढ्दै आएको हो ।
शुक्ल र कृष्ण गरी दुई भेद भए पनि उस्तै सिद्धि दिने एकादशी हरेक महिनाको दुई वटाको दरले वर्षभरिमा चौवीसवटा र पुरुषोत्तम मास समेत दुईवटा गरी जम्मा २६ वटा हुन्छन् । त्यसमध्ये तुलसीरोपण एकादशीको नामले चिनिने एकादशी भने जेष्ठशुक्ल एकादशी “निर्जला” एकादशी भने जेठमा पर्छ । तुलसीको मञ्जरीदल छर्ने एकादशी पनि भनिन्छ यस दिनलाई !
सामान्यतया द्धादशीयुक्त एकादशीलाई एकादशी भनिन्छ । दिनको प्रात: समय एकादशी, मध्यदिनभरि द्धादशी र भोलिपल्ट सूर्योदयअघि त्रयोदशी तिथि श्पर्श भएको एकादशीलाई त्रिस्पृशा एकादशी भनिन्छ । यस्तो पर्व परेमा अन्य एकहजारवटा एकादशीको पुण्य एकैदिनको उपासनाबाट लिन सकिन्छ । एकादशीमा दिन या रात उपासना गर्नाले ब्रह्महत्या, गोहत्या सम्मको दोषवाट मुक्ति पाइने र सयौँ अश्वमेधयज्ञ गरको समेत फल पाइने हुन्छ । शुक्लपक्षको पुनर्वसुु नक्षत्रले युक्त भएको एकादशी जया हो शुक्लपक्ष श्रवण नक्षत्रले युक्त विजया हो, द्धादशी रोहिणी नक्षत्र परे जयन्ती हुन्छ र पुष्य नक्षत्र परेमा पापनाशिनी हुन्छ । यस्तो नक्षत्र विशेषको एकादशी परेमा १ वर्षसम्म नित्य १ पाथी तिल दान गरेको वा एकहजार एकादशीको उपवास गरेको पुण्य प्राप्त हुन्छ । कलियुगमा मानिसको उमेर समय निकै नै थोरै भएकाले यस्ता विशेष दिनहरु पहिल्याई पुण्य लुट्ने प्रयास गर्नु सर्वोत्तम हुन्छ । फलाहार, जलाहार वा निराहारबाट एकादशी उपासना गर्ने गरिन्छ । एकादशी सकेमा जल समेत ग्रहण नगरेर गरिने उपासना हो । नखाएर मात्रै व्रत उपासना हुने भने होइन । मुख्यकुरा वाणीको व्रत, श्रवणको व्रत, आचरण, तन, मन, धनको पवित्रता, इन्द्रिय निग्रह, देवपूजा, हवन, जप, अनुष्ठान, दान, क्षमाशीलता, सवै नै उपासनाका स्वरुपहरु हुन् । एकादशीमा अन्न खास गरी चामलमा मानिसका दुष्कर्म (पाप) हरु बस्ने भएकाले अन्न नै ग्रहण गर्नु परे पनि चामलको भात र परिकार ग्रहण नगर्ने विधान छ । महिनामा एक दुई दिन अन्न त्यागले शरीरको पाचन क्षमता मेटाबोलिजम सिष्टम राम्रो भई शरीर निरोगी हुन्छ र मुख्य जठराग्नि पनि बलियो हुन्छ । आयुर्वेदले पाचन प्रणाली विग्रनने कारण नै सबै किसिमका रोगको उदय हुने बताएको छ । हिजो आजको वातावरण र जँकपूmड, फाष्टपूmड र पेय पदार्थहरुले हाम्रो स्वास्थ्यलाईृ कहाँ पुर्याएको छ सबैलाई थाहै छ ।
व्रतको प्रभाव भने मनको दृढ संकल्प नै हो, मनोवल वृद्धि हो, चित्तशुद्धि हो, धर्म परायण र सात्विकभावको विकास हो । सत्य, धर्म, सदाचार व्यक्ति, समूह, समुदायबाट समग्र राष्ट्र निर्माणमा सहयोग पुग्छ । मनोमालिन्य र द्धन्दपूर्ण व्यक्ति र समाज भए भने मुलुक भनौँ वा राष्ट्र अथवा पूरै ब्रह्माण्ड नै उजाड बन्ने कुरामा पनि दुई मत छैन । हिरोसिमा , नागाशाकी , ट्वीन टावर वा अन्य टाढा जान पर्दैन । देवत्वभावले दानपारमिताले सवैको संरक्षण हुन्छ । वैदिक चिन्तनको स्रोत भूमि नेपालमा रहेको धर्म, संस्कृतिको आज अन्य मुलुकहरुले पनि अनुसन्धान, अध्ययन गर्दैछन् । भावनाशुद्ध गरी कार्य गरेमा त्यस्तै योजना, उद्धेश्य, रणनीति, कार्यक्रमसंग सहभागी हुन सकेमा समग्र मुलुकको आर्थिक विकास छिटो र समानुपातिक पनि हुन सक्छ । हामी सबैले चाहेको शान्ति र अमनचयन त स्वत: हुन्छ । देशमा शान्ति र अमनचयन छ, सबै निर्धक्क छन् भने राज्यले हात हतियार वा आपराधिक कृयाकलाप विरुद्ध ठूलो रकम खर्च गर्नु पर्दैन त्यसमा गरिने खर्च सजिलै विकास निर्माणतिर लगाउन सकिन्छ । देशमा राम राज्य भइ हाल्छ, करको नाममा जनताको ढाड सेक्न पनि पर्दैन । सुरक्षाकै लागि ठूला ठूला बुलेट प्रुफ गाडी, यानहरुको आवश्यकता पर्दैन । हाम्रै धरोहर चाड पर्व दशैैँ तिहारमा सुरक्षा चुनौति देखिएकै हो । हाम्रै जनकपुरमा त्रेतायुगमा सुन जुहारतमा साँचो ताल्चा लाउन नपर्र्ने, आौषधिका नाममा सामान्य सिटामोलसम्म प्रयोग गर्नु नपर्ने रामायणमा लेखिएको छ ।
काम्य र नित्य गरी व्रतको दुई स्वरुप छन् । उद्धेश्य एवं कामनापरक काम्य उपासना हुन्छ । कुनै इच्छा नराखी गरिने व्रत उपासना नित्य उपासना हो र एकादशी अनुष्ठान नित्यकर्ममा पर्छ । नित्य र निस्काम व्रतको प्रभावले झन् वढी उद्धेश्य सफल बन्ने हुन्छ – कारण मानिसलाई आवश्यक भुक्ति र मुक्ति दुवै प्राप्त हुन आवश्यक छ जुन एकादशी अनुष्ठानबाट मात्र सम्भव छ । एकादशी व्रती निरोगी हुन्छ, सुखी र समृद्धशाली हुन्छ । जुवा, कुभाषण, मिथ्या, परनिन्दाबाट टाढा हुन्छ । चोरी, हिँसा, क्रोधबाट टाढा हुन्छ भने आवेग र तनावरहित जीवन संचालन हुने हुँदा व्यक्ति, समाज र पूरै राष्ट्र शान्त र समृद्ध हुन्छ । एकादशीको दिन विहानै तुलसीको र श्रीविष्णुको विशेष पूजा गरिन्छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी, पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेहरुका लागि जीवनको हिर्दयभैmँँ महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको छ ।



















