स्व प्राध्यापक बैद्यको सम्झनामा समबेदना ब्यक्त गर्न शोकसभा

नेपाली ईतिहाँसका मुर्धन्य व्यक्तित्व प्राध्यापक तुल्सीराम बैद्यको ८५ वर्षको उमेरमा निधन भएको छ । स्व प्राध्यापक बैद्यको सम्झनामा समबेदना ब्यक्त गर्न त्रि बि बि ईतिहाँस केन्द्रीय बिभाग कीर्तिपुरले २०८१ श्रावण ६ गते शोकसभाको आयोजना गर्यो । सो शोकसभालाई त्रिभुवन बिश्वबिद्यालय सेवा आयोगका अध्यक्ष तथा पुर्व बिभागिय प्रमुख प्रा डा घनश्याम भट्टराई , लुम्विनी बौद्ध बिश्वबिद्यालयका पुर्ब उप कुलपति तथा पुर्व बिभागिय प्रमुख प्रा डा त्रिरत्न मानन्धर , बिश्वबिद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष तथा पुर्व बिभागिय प्रमुख प्रा डा कृष्ण बहादुर थापा नेपाल र एशियाली अनुसन्धान केन्द्रका पुर्व कार्यकारी निर्देशक तथा पुर्व बिभागिय प्रमुख प्रा डा तिर्थ प्रसाद मिश्र , पुर्व बिभागिय प्रमुख प्रा निरन्जन शर्मा तथा खुल्ला बिश्वबिद्यालय सेवा आयोगका पुर्ब अध्यक्ष तथा पुर्व बिभागिय प्रमुख प्रा डा राजकुमार पोख्रेलले प्राध्यापक बैद्यको योगदानको चर्चा गर्नु भएको थियो । ईतिहाँस केन्द्रीय बिभागका बिभागिय प्रमुख प्रा डा बिष्णु सापकोटाको सभापतित्वमा भएको उक्त शोक सभालाई प्रा डा रमेश श्रेष्ठले संचालन गर्नु भएको थियो ।