मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

लमही नगरपालिका-१ नर्ति चोकस्थित सडकमा लु.९५ प ८९५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका बस्ने चन्द्र प्रसाद चौधरीकी छोरी १० वर्षीया स्वस्तिका चौधरीको आइतबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पताल हुँदै मेडिकल कलेज भैरहवा रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको मेडिकल केलज भैरहवामा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।