फिलिपिन्समा गेईमी ताइफुको कारण आएको बाढी र पहिरोमा परेर २२ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् ।
ताइफुको कारण ताइवानमा पनि तीन जनाको मृत्यु भएको छ । २२० जना घाइते भएको छ । ताइफुको प्रभावले त्यहाँका न्यून तटीय क्षेत्र डुबानमा परेका थिए भने पहिरोका कारण घर र पसलहरूमा क्षति पुगेको छ ।
सर्वसाधारणलाई घरभित्रै बस्न र तटीय क्षेत्रबाट टाढा रहन भनिएको छ । ताइवान बेला बेलामा ताइफुको चपेटामा परिरहन्छ ।

















