काभा वुमन्स नेसन्स लिगमा नेपालसँग माल्दिभ्स पराजित, सेमिफाइनल इरानसँग खेल्ने

काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा माल्दिभ्सलाई सोझो सेटमा हराउँदै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

आजको जितसँगै नेपालको भेट सेमिफाइलमा इरानसँग पक्का भएको छ ।

दशरथ रंगशाला कभर्ड हलमा सोमबार भएको खेलमा नेपालले २५–८, २५– १९ र २५–१८ को जित दर्ता गर्‍यो ।

पहिलो सेटमा लगातार दबाब बनाउँदै जित निकालेको थियो ।