अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्छ–गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अनुचित कार्य हेर्ने जिम्मा राष्ट्रिय शतर्कता केन्द्रलाई दिनुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो प्रस्ताव अघि सारेका
हुन् ।

महामन्त्री थापाले अनुचित कार्य कसले हेर्ने भन्नेबारेमा अनुचित कार्य हेर्नका निम्ति छुट्टै एउटा कानूनी प्रवन्ध गर्नुपर्ने
बताए । उनले राष्ट्रिय शतर्कता केन्द्रलाई थप सशक्त बनाएर सशक्त बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्रै राखेर अनुचित कार्य हेर्ने जिम्मा दिन सकिने बताए ।

महामन्त्री थापाले नेपालमा ठूला ठूला भ्रष्टाचारका काण्डहरु मिलेमतोमा मात्रै भएको भन्दै मिलेमतो गर्नेकुरामा आवरण नीतिगत भ्रष्टाचालाई बनाइएको बताए। उनले कुन विषय नीतिगत हो, कुन विषय नीतिगत होइन छुट्याउन आवश्यक रहेको बताए ।

महामन्त्री थापाले भ्रष्टाचार जताततै रहेको भन्दै नियमनकारी निकायले सबैतिरको भ्रष्टाचार रोक्छ भन्ने सोच्न नहुने बताए । उनले नियमनकारी निकायहरु मिलिजुली भागबण्डामा बनाएकाले पनि भ्रष्टाचार रोक्न नसकिएको बताए ।

महामन्त्री थापाले सरकार मिलिजुली बनेको झैँ भ्रष्टाचारका काण्डहरु मिलेमतो भएर मात्रै सम्भव हुने जिकिर गरे ।