अस्पतालको छैटौं तलाबाट हामफालेका २१ बर्षीय युवकको मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ बस्ने २१ वर्षीय स्वरूप आचार्यको काठमाडौंको महाराजगंजस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छैटौं तलाबाट हामफालेर मृत्यु भएको छ।शनिबार दिउँसा स्वरूप आचार्यले हामफालेका थिए ।
दिउँसो अस्पताल पुगेपछि छैटौं तलामा रहेको क्याफेमा कफी खाएका र त्यसपछि रेलिङबाट हामफालेको प्रहरीले जनाएको छ।प्रहरीका अनसार उनी बिरामी भएर अथवा बिरामी भेट्नका लागि अस्पताल गएका थिएनन्।‘आएर कफी खाइसकेपछि रेलिङबाट हामफालेको बताइएको छ,’ एक प्रहरीले भने।उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। घटनापछि मृतकको आफन्त पनि अस्पताल पुगिसकेका छन्।