काठमाडौ । नेपाल समाजवादी पार्टी निकट वकिलहरुको भेलाले बैकल्पिक प्रगतिशील लयर्स एशोसियशन (एपिएलए) को अशिवेसन आयोजना गर्नकालागि अधिवक्ता नारायण खरेलको संयोजकत्वमा आयोजक समिति गठन गरेको छ ।
आयोजक समितिमा कृष्ण शर्मा, रामबहादुर मिजार, जनक पाण्डे, माधव पोखरेल, केशबराज अर्याल, गणेश कुंवर, डा.मुक्ति रिजाल, डा.जनक शाह, फणिन्द्र देवकोटा, दिपा भण्डारी कृष्ण अधिकारी रामनरेश यादव, लोकेन्द्र बिष्ट, शारदा नेपाल, बर्षा केसी, कृष्ण रानाभाट, गुरु प्रसाद पोखरेल, लेखनाथ भुसाल, बिमल गिरी, नरेन्द्रनाथ योगि, नवराज सुबेदी डा. रामहरि त्रिपाठी, अमर ओली, ऋषि कान्त घिमिरे, नवराज दाहाल लगायत रहनु भएको छ ।
भेलामा नेसपाका प्रबक्ता कृण्ण शर्मा, बौद्धिककर्मी महासंघका इन्चार्ज पि श्रेष्ठ, केशब अर्याल, प्रेस नेपालका इन्चार्ज योगेन्द्र प्रताप शाही प्रस्परेटिभ एलाईन्सका संयोजक तुलसी सिग्देल लगायतको बिषेश उपस्थिति रहेको थियो ।


















