प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर जारी

प्रतिनिधि सभामा प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर चलिरहेको छ।बिहीबार दिउँसो १ बजेपछि प्रतिनिधि सभा सुरू भएपनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम ३ बजेपछि मात्रै सुरू भएको हो।पहिलो प्रश्न नेपाली कांग्रसका सांसद नारायण खड्काले गरेका थिए।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या डेढ महिना अगाडि बनेको आफू नेतृत्वको सरकारले नल्याएको बताएका छन् । प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिने क्रममा मुलुकमा समस्या देखिएका तर ती समस्या आफू नेतृत्वको सरकारले नल्याएको उनको भनाइ छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसद नारायण खड्काले सोधेको प्रश्न दिने क्रममा प्रधानमन्त्री ओलीले मुलुकमा समस्या रहेका र ती सबै समस्या वर्तमान सरकारले नल्याएको बताए ।