मुकुलले भने सभापति लामिछाने राष्ट्रिय ठग

काठमाडौँ । राष्टिय स्वतन्त्र पार्टीबाट निलम्बित महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने भन्दै पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो । शुक्रबार स्पष्टीकरण बुझाउँदै उनले सभापति लामिछाने राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्तगराएरै छाड्छु ।